Comments Add Comment

बैंकहरुबीच ऋणी तानातान, सीईओहरु तनावमा !

कर्जा लगानी नहुँदा बैंकमा समस्या

२२ भदौ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले कर्जा लगानी हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् । केही समययता एक बैंकले अर्को बैंकको ऋणीलाई कम ब्याजदरको लोभ देखाएर तानातान गर्न थालेको उनीहरुको गुनासो छ ।

कर्जा लगानी कम रहेको र थोरै कर्जाको माग हुँदा पनि निकै सस्तो ब्याजदरमा कर्जा लगानी गर्न बाध्य हुनु परेको भन्दै सीईओहरुले एक आपसमा दुखेसो पोखेका छन् ।

समसामायिक विषयमा छलफल गर्न सोमबार बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सबै बैंकका सीईओहरु सहभागी हुने गरी बैंठक डाकेका थिए । बैंकहरुमा पछिल्लो समय देखिएको समस्या बैठकको मूल एजेन्डा थियो ।

बैंकका सीईओहरुसँग मंगलबारगभर्नर महाप्रसाद अधिकारीसँग  छलफल गर्दैछन् । बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि गभर्नर अधिकारीले मंगलबार सीईओहरुसँग छलफल गर्न लागेका हुन् । बैंठकमा सहभागी एक सीईओका अनुसार बैकठमा अरु विषयभन्दा पनि ऋणी खोसाखोस हुन लागको विषय जोडदार रुपमा उठेको थियो ।

‘गभर्नरसँग केके कुरा कसरी राख्ने भन्ने विषय छलफलका लागि राखिएको थियो’ ती बैंकरले भने, ‘ ब्याजदरका विषयमा धेरै कुराकानी भयो, अहिले कर्जा लगानी हुँदा सबै समस्यामा छौं त्यो विषयमा पनि छलफल भयो ।’

केही बैंकका सीईओहरुले ऋणको माग नै नभएको र माग भइहाले पनि आधार दर (बेस रेट) कै हाराहारीमा दिनु परेको गुनासो सुनाए । कतिपयले त बेस रेटभन्दा तल झरेर पनि ऋण दिनु परेको गुनासो राखेका थिए ।

निक्षेपको ब्याज ह्वात्तै घटाउन पनि गाह्रो रहेको र कर्जा निकै सस्तो ब्याजमा दिनुपरेको भन्दै बैंकका सीईओहरुले निकै समस्यामा परिएको र यो विषयमा सहजीकरणका लागि गभर्नरसँग पनि कुरा गर्नु धारणा राखे ।

छलफलमा कर्जाकै विषय लिएर केहीबेर चर्काचर्की समेत परेको बैठकमा सहभागी अर्का सीईओ बताउँछन् । कम बेस रेट हुने बैंकहरुले ऋणीहरु तानेर लगेको भन्दै २ जना सीईओले दुखेसो गरेका थिए ।

‘कम आधार दर (बेस रेट) भएका बैंकहरुले ग्राहक ऋणी तानेर लगे भन्ने कुरा पनि उठेको थियो’ ती सीईओले भने, ‘कम बेस रेट भएकाले अर्को बैंकको ग्राहक पनि तानिदिएकोका कारण बेस रेट भन्दा कममा कर्जा लगानी गर्नु परेको उहाँहरुको गुनासो थियो ।’

अहिले अधिकांश बैंकहरुको बेस रेट ८ प्रतिशत भन्दा धेरै छ । बेसरेटमा केहि पि्रमियम जोडेर बैंकहरुले लगानी गर्नुपर्छ । बेस रेटभन्दा तल लगानी गरे बैंक डुब्ने खतरा हुने भएकाले बेस रेटभन्दा तल लगानी नगर्न राष्ट्र बैंकले समेत भनेको छ । तर बाध्यताका कारण तल झरेर लगानी गर्नु परेको बैंकरको गुनासो थियो । यो समस्या राष्ट्र बैंकमा जानकारी गराउने योजना बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment