
फाइल तस्वीर
२३ भदौ, काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् । ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अनुसन्धान जारी रहेकाले सबै कुरा अहिले नै सार्वजनिक गर्न मिल्दैन । अपरेसन पूरा भयो भने हामी पत्रकार सम्मेलन गरेरै जानकारी दिन्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4