भदौ २३, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने भएको छ ।
संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका अनुसार पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको हो ।
खेलाडीसँगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बिमा गरिदिने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी गराए ।
सबैको जनही १ लाखका दरले बिमा गरिने छ । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा २-३ दिनभित्रै बिमा गरिने संघले जनाएको छ ।