२४ भदौ, काठमाडौं । युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को समूह २ को खेलमा बेल्जियमले शानदार जित हात पारेको छ । खेलमा अग्रता आइसल्याण्डले लिए पनि बेल्जियम ५-१ ले विजयी भयो । यसै समूहको अर्को खेलमा इंग्ल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ ।
११औं मिनेटमा होमबर्ट फिडजोनसनले गोल गर्दै आइसल्याण्डलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । १३औं मिनेटमै एक्सल विट्सलले बेल्जियमको लागि बराबरी गोल फर्काए । १७औं मिनेटमा मिचु बातसुईले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा बेल्जियमले थप ३ गोल गर्यो । ५०औं मिनेटमा ड्राई मर्टेन्सले गोल गेपछि बेल्जियमले ३-१ को अग्रता लियो । बात्सुईले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा जेरेमी डोकुले गोल गरेपछि बेल्जियमले ५-१ को जित हात पारेको हो ।
लगातार दुई जितपछि ६ अंकसहित बेल्जियम समूहको शीर्ष स्थानमा छ । ४ अंक जोडेको इंग्लयाण्ड दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4