+
+
Shares

गुल्मीको उनाएचौरमा १३२ केभीको सव स्टेशन निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १२:३८

२४ भदौ, गुल्मी । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न रेसुङ्गा नगरपालिका–७ उनाएचौरमा १३२ केभीएको सवस्टेशन निर्माण सुरु भएको छ ।

सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका छन् । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो । डेढवर्ष भित्र काम सम्पन्न गर्ने गरी सिग्मा कन–नरेन्द्र निर्माण जेभीले सवस्टेशन निर्माणको जिम्मा लिएको छ ।

कपिलवस्तुको मोतीपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौदी अमराई भएर बाग्लुङको बुर्तिबाङ विद्युत प्रशारण लाइन विस्तार हुँदैछ ।

प्रसारण लाइन गुल्मीमा जोडिएपनि बुटवलमा रहेको सव स्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सव स्टेशन निर्माण थालिएको हो । सव स्टेशन निर्माण भएपछि गुल्मी र छिमेकी जिल्लामा विद्युत पहुँच बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?