Comments Add Comment

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प मनोनित

२४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन् । इजरायल र यूएईको बीचमा भएको शान्ति सम्झौताका लागि सहयोगी भूमिका निर्वाह गरेका कारण उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो । नर्वेली संसद्का सदस्य क्रिस्चियन टिब्रिङ जेड्डीले उनको मनोनयन पठाएको अमेरिकी समाचार संस्था फक्सन्युजले उल्लेख गरेको छ ।

जेड्डीले यूएईले चालेको कदमलाई खाडी क्षेत्रका अन्य मुलुकले पनि पछ्याएको खण्डमा खाडी क्षेत्रमा सहकार्य र समृद्धिको बाटो खुल्ने दाबी गरेका छन् । उनले ट्रम्प अन्य मनोनित व्यक्तिभन्दा शान्ति स्थापनाको योगदानमा अगाडि देखिएको बताएका छन् । साथै ट्रम्पले कोरियाली प्रायद्वीपमा, पाकिस्तान–भारतको बीचमा पनि शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको जेड्डीको भनाइ छ ।

यसअघि सन् २०१८ मा पनि उत्तर कोरियालाई निशस्त्रीकरण गराउन सफल भएकोमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको थियो । तर, उनले जित्न भने सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment