Comments Add Comment

सेप्टेम्बर १५ मा एप्पलको विशेष समारोह, नयाँ आइफोन सार्वजनिक होला ?

काठमाडौं । हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष कार्यक्रमको आयोजना गरी आइफोन लगायतका आफ्ना नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गरेको एप्पलले यो पटक पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

तथापि कोरोना भाइरस महामारीका कारण यो पटक एप्पलको उक्त समारोह भर्चुअल विधिबाट हुनेछ । सेप्टेम्बर १५ तारेखमा आयोजना हुने एप्पलको सो भर्चुअल इभेन्टमा नयाँ संस्करणका आइफोनसँगै अन्य प्रडक्टहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यद्यपि नयाँ आइफोन लगायतका प्रडक्ट सार्वज्निक गर्ने विषयमा एप्पलले कुनै आधिकारिक जानकारी दिएको छैन, तथापि हरेक वर्ष सेप्टेम्बरको पहिलो वा दोश्रो हप्ता हुने गरेको कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिइने उसले घोषणा गरेको छ ।

महामारीका कारण एप्पलले यो वर्ष आफ्नो वार्षिक इभेन्ट गर्ने÷नगर्ने अन्योल थियो । उक्त अन्योललाई चिर्दै एप्पलले सेप्टेम्बर १५ मा हुने भर्चुअल समारोहमा सहभागिताका लागि निम्तो वितरण गरिसकेको छ ।

एप्पलको सनातनी परम्परा अनुसार सेप्टेम्बरमा हुने वार्षिक समारोहमा उसले खासगरी आइफोनका नयाँ संस्करण सार्वजनिक गर्ने गर्दछ । पछिल्लो समयमा सेप्टेम्बरको इभेन्टमै उसले आइप्याड तथा एप्पल वाचका नयाँ संस्करण समेत सार्वजनिक गर्ने गरेको छ । कतिपयले यो पटकको कार्यक्रममा एप्पलले नयाँ आइफोन नल्याई आइप्याड तथा एप्पल वाचका नयाँ संस्करण ल्याउन सक्ने समेत अनुमान गरेका छन् । जसमा एप्पल वाचका दुईवटा मोडेल रहने समेत दाबी ग्रिएको छ । त्यसमध्ये एउटा मोडेल एप्पलको सुरुवाती स्मार्ट घडी अर्थात् इन्ट्री लेभलको हुनेछ जुन एप्पल वाचका नयाँ प्रयोगकर्तालाई लक्षित गरिनेछ । अर्को एप्पल वाच चाहीँ नयाँ फिचरसहितको सिक्स सिरिजको स्मार्ट वाच हुनेछ ।

त्यस्तै सन् २०२० मा चारवटा नयाँ आइफोन सार्वजनिक गर्ने भनिएको एप्पलले सेप्टेम्बर १५ को उक्त कार्यक्रममै ती आइफोन लञ्च गर्ने समेत कतिपयको अपेक्षा छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment