
२५ भदौ, काठमाडौं । जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाई सुरु भएको छ ।
सरकारले सिफारिस गरेको बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको बिहीबार संसदको संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भएको हो ।
समिति सचिवालयका अनुसार तीनजना प्रस्तावित राजदूतविरुद्ध पाँचवटा उजुरी परेको छ । जसमध्ये एउटा बेल्जियमाका लागि सिफारिस भएका राजभण्डारीकविरुद्ध रहेको छ भने ४ वटा उजुरी किटानीविनाका रहेका छन् ।
राजभण्डारीविरुद्ध परेको उजुरीमा उनी निजामती सेवामा रहँदा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेकोले राजदूतका लागि योग्य भएको दाबी गरिएको छ ।
सहसचिव हुँदासमेत उपसचिवको दरबन्दी रहेको नेपाली राजदूतावास जापानमा उपनियोग प्रमुख पदमा काम गरी गैरकानुनी रुपमा तलव भत्ता लिएको, नेपाली दूतावास मस्को र जापानमै हुँदा निर्देशिका विपरीत एकभन्दा बढी आफन्तलाई दूतावासकै रकमबाट उपचार गराएको आरोप राजभण्डारीमाथि छ ।
विभिन्न नियोगमा बस्दा राजभण्डारी नाममा ४/५ लाख बेरुजु रहेको र हालसम्म पनि तिर्न अटेर गरेकोले थप छानबिन गरी राजदूतका लागि अयोग्य घोषणा गर्न उजुरमा माग गरिएको छ ।
यस्तै, अन्य उजुरीहरुमा समावेशीकरण र समानुपातिक नभएको उल्लेख गरिएको छ ।
सरकारले राजदूतका लागि सिफारिस गरेपछि उनीहरुविरुद्ध सुनुवाई समितले भदौ १२ गते उजुरी आह्वान गरेको थियो ।
प्रतिक्रिया 4