Comments Add Comment

दिनमै १७ जनाले गर्छन् आत्महत्या, मनोविश्लेषक भन्छन्–अनाहकमा ज्यान नफाल्नुस्

२५ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७६/०७६ मा ६ हजार २४१ जनाले आत्महत्या गरे । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको देखिन्छ ।

जबकी त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा दैनिक १५ जना थियो । नेपाल प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेर ज्यान फालेका थिए ।

गत साउनमा महिनामा ७०९ जनाले आत्महत्या गरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिनाको आंकडाअनुसार दैनिक २२ जनाले आत्महत्या गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपाल विश्वमा बढी आत्महत्या गर्ने देशहरू मध्ये सातौं स्थानमा पर्छ । विगतको तुलनामा यो वर्ष बढी आत्महत्या हुनुमा नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउन र निषेधाज्ञा प्रमुख कारण रहेको मनोचिकित्सकहरू बताउँछन् ।

विश्वमा हुने आत्महत्यामध्ये ७९ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आय भएका देशहरू गर्दछन् । लगातारको निषेधाज्ञा र लकडाउनले गर्दा निम्तिएको बेरोजगारी, आर्थिक नोक्सानी, मन नपरेको मान्छेसँग लामो समय बिताउन बाध्य हुनु, मनोरञ्जनस्थलमा जान नपाउनु, जताततै कोरोनाकै मात्रै कुरा जस्ता कारणले विगतको तुलनामा यो दर बढेको मनोचिकित्सकहरूको विश्लेषण छ ।

‘औषधि, प्रेम र परामर्शले रोक्छ आत्महत्या’

कारण जेसुकै भए पनि आत्महत्या समस्याको समाधान भने किमार्थ होइन । समयमै उपचार खोजे अनाहकमा ज्यान फाल्नबाट रोक्न सकिने जानकारहरू बताउँछन् ।

मनोविश्लेषक बासु आचार्य आफूलाई अरुले अस्वीकारेको कुरा सहन नसक्दा आत्महत्या जस्तो गलत बाटो रोजेको पाइएको बताउँछन् । उनको सुझाव छ, ‘सबैभन्दा पहिला तपाईँलाई के कुराले गाह्रो भएको छ त्यो पहिचान गर्नुस्, समस्या समाधान गर्न सकिदैन जस्तो लाग्छ भने तुरुन्त विज्ञको परामर्श लिनुहोस् ।’

परिवारका सदस्य, आफन्त र साथहरुले पनि मानसिक समस्यामा भएका व्यक्तिलाई साथ दिनुपर्ने आचार्यको भनाइ छ । ‘मानसिक समस्या परेको व्यक्तिले अस्वाभाविक कुरा गरेको छ भने पनि यस्तो थाङ्ने कुरा नगर भन्नुहुँदैन ’, उनी भन्छन्, , ‘परिवारको प्रेम, औषधि र परामर्शबाट आत्महत्या रोक्न सकिन्छ ।’

मनोविश्लेषक आचार्य भन्छन्, ‘एउटा कुरा नबिर्सनुस्, कोरोना, लकडाउन, आर्थिक क्षति, नोकरीजस्ता समस्या तपाईँको जीवन भन्दा मूल्यवान हुँदै होइन ।’

यो पनि पढ्नुहोस लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन यो पनि पढ्नुहोस लकडाउनमा ११०५ जनाले गरे आत्महत्या यो पनि पढ्नुहोस कोरोना भन्दा खतरनाक मनको डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment