Comments Add Comment

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि

२५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंका तीन जना, चितवन र कपिलवस्तुका एक/एक जनाको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका धनुषाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

  • बूढानीलकण्ठ नगरपालिका-४, काठमाडौंका ५९ बर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा मृत्यु भएको छ । भदौ १४ गते स्वाब लिएका उनी कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौं महानगरपालिका-४ धुम्बाराही, काठमाडौंकी ५५ महिलाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । श्वास प्रस्वासमा समस्या भएपछि मेघा अस्पताल भर्ना भएकी उनको अवस्था थप जटिल भएपछि शिक्षण अस्पताल लगिएको थियो ।
  • काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, काठमाडौंका ८३ बर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । हृदयघात भएर २४ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको २४ गते नै मृत्यु भएको छ ।
  • भरतपुर महानगरपालिका-११ चितवनका ६२ बर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा मृत्युु भएको छ । निमोनिया तथा श्वास प्रश्वासमा भई भदौ १८ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २२ गते पुष्टि भएको थियो । उनको बिहीबार मृत्यु भएको हो ।
  • कपिलवस्तु नगरपालिका-६, कपिलवस्तुका २९ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बुधबार मृत्यु भएका औरही गाउँपालिका-१, धनुषाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएर मंगलबार प्रादेशिक अस्पताल, जनकपुरधाममा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
  • विराटनगर महानगरपालिका-१९, मोरङकी की ४४ वर्षीया महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । उनलाई ५ दिनदेखि ज्वरो आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार मात्र कोशी अस्पताल ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment