Comments Add Comment

कागेश्वरी मनोहरा भर्चुअल पुम्से हुने

भदौ २६, काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

‘मोस्ट पपुलर प्लेयर’ लाई नगद ५ हजारसहित पुरस्कृत गरिने छ । यो विधाको चयन गर्न हरेक खेलाडीको भिडियोलाई युट्युबमा राखिने छ । तीमध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ ।

कागेश्वरी मनोहरा नगरपालिका र युनिटी तेक्वान्दो डोजाङ, हङकङको प्रायोजनमा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर ५ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ ।

नाम दर्ता गराएका खेलाडीले अक्टोबर ७ देखि ८ तारिखसम्म आफ्नो खेलको भिडियो आयोजकलाई पठाउनु पर्ने छ । भिडियो बढीमा ९० सेकेन्डको मात्र हुनु पर्ने छ ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न अशोक खड्का, विक्रम खड्गी, मीन न्यौपाने, नोर्बु लामा र हिराबहादुर थापालाई निर्णायकमा चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment