Comments Add Comment

कोरोनाले बढायो धनी र गरिब मुलुकबीचको अन्तर

२६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वभर धनी र कम आदानी भएका मुलुकबीचको असमानता बढाएको एक सर्वेक्षणले देखाएको छ । बीबीसीले गरेको सर्वेक्षणमा ११ मार्चमा कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिएको ६ महिनापछि फरक फरक मुलुक महामारीबाट कसरी प्रभावित बने भन्ने अनुसन्धानका लागि ३० हजार मानिसमा यो सर्वेक्षण गरिएको हो ।

विश्वभरका धेरै मुलुकमा महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण मुलुकहरुको अर्थतन्त्रमा नकारात्मक असर पर्‍यो । कमजोर आम्दानी भएका मुलुकका युवाहरुले लकडाउनको कारण आफ्नो जीवन सबैभन्दा नराम्रो अवस्थाबाट अघि बढिरहेको बताएका थिए । सर्वेक्षणमा भाग लिएका कमजोर आम्दानी भएका मुलुकका ६९ प्रतिशत मानिसले आफ्नो आम्दानीमा ठूलो गिरावट आएको बताएका थिए । धनी मुलुकका मानिसहरुले भने ४५ प्रतिशत मानिसले मात्र आफ्नो आम्दानीमा कमी आएको बताएका थिए ।

कोरोना भाइरसको महामारीका कारण नश्ल वा लैङ्गिक आधारमा पनि असमानता बढेको पाइएको छ । बीबीसीका लागि ग्लोबस्केनले सन् २०२० मा २७ मुलुकमा यो सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा युरोप र उत्तर अमेरिकाका नागरिकको तुलनामा ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा बस्ने मानिसमा कोरोना भाइरसको असर बढी देखिएको छ ।

सर्वेक्षणमा युवा र बूढापाका मानिसको बीचको असमानता थप बढाइएको छ । युवा पुस्ताले बूढापाका मानिसको तुलनामा आफूहरु अहिले कठिन समस्याको सामना गरिरहेको बताएका थिए । महामारीको क्रममा काम गर्ने, मानिसहरुसँगको भेटघाट र पढाइमा असर परेकाले उनीहरु अहिले आफ्नो सबैभन्दा कठिन समय बितिरहेको महसुस गरेका हुन सक्ने जानकारहरुले बताएका छन् ।

महामारीको क्रममा महिलाहरुले पुरुषको तुलनामा महामारीको नराम्रो असर आफूहरुलाई परेको बताएका थिए । अमेरिकामा १४ प्रतिशत काला जातिका अमेरिकीले आफ्ना परिवारका कुनै न कुनै सदस्य कोरोना भाइरसको कारण संक्रमित भएको बताएका थिए भने ७ प्रतिशत गोरा जातिका मानिसले आफ्नो परिवारका कुनै सदस्य कोरोना भाइरसबाट संक्रमित भएको बताएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment