Comments Add Comment

विश्वभर ५३ प्रतिशत गन्तब्य पर्यटकका लागि खुला

२६ भदौ, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण कुनै समय संसारभर एक मुलुकबाट अर्को मुलुकमा जान सतप्रतिशत प्रतिवन्ध थियो । अब यस्तो प्रतिवन्ध ५३ प्रतिशत मुलुकले हटाइसकेको संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले जानकारी दिएको छ ।

संगठनका अनुसार यद्यपी खुला भएका सबै मुलुकमा पनि बीना शर्त भने प्रवेश अनुमति छैन । संगठनले कोरोना शुरु भएपछि विश्वव्यापी रुपमा  गन्तब्यहरुको अवस्थाबारे सातौं अपडेट सार्वजनिक गरेको छ ।

जहाँ १ सेप्टेम्बरसम्मको अवस्थालाई विश्लेषण गरिएको संगठनले उल्लेख गरेको छ । तथ्यांक अनुसार यो दिनसम्म विश्वभर १ सय १५ वटा देशले विदेशी नागरिकमाथि लागेको यात्रा प्रतिवन्ध हटाएका छन् । यसअघि १९ जुलाईमा सार्वजनिक भएको तथ्यांकको तुलनामा २८ वटा बढी मुलुकले यस्तो प्रतिवन्ध हटाइसकेका छन् ।

यूएनडब्लूटीओका महासचिव जुरब पोलोलिकाशविल्लीलाई उदृत गर्दै संगठनले लेखेको छ, ‘क्रमशः संसारभर पर्यटकलाई वातावरण सहज बन्दै गएको छ, यसबाट मुलुकहरुले आर्थिक तथा सामाजिक लाभ समेत प्राप्त गर्नेछन् । जुन मुलुक पर्यटनमा आधारित भएर अर्थतन्त्र चलाइरहेका थिए ।’

ती देश कोरोनाबाट सबैभन्दा समस्याग्रस्त रहेको महासचिव  पोलोलिकाशविल्लीको भनाइ छ । पर्यटकमाथि पूर्ण प्रतिवन्ध लागेको मुलुकमा नेपाल पनि रहेको छ । यात्रा प्रतिवन्ध खुकुलो बनाउने अधिकांश मुलुक यूरोपका छन् ।

कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो स्थानको ब्राजिलले समेत शर्तसहित नाका खुकुलो बनाइसकेको छ । चीन र भारत पनि विदेशी नागरिकको यात्रा रोक्ने मुलुकमै पर्छन् ।

अझै पनि पूर्ण रुपमा बोर्डर बन्द रहेका मुलुक कुन भेगमा कति ?

एसिया प्यासेफिक : २८ मुलुक (६१ प्रतिशत)

अफ्रिका २७ मुलुक (५१ प्रतिशत)

अमेरिका : २१ मुलुक (४१ प्रतिशत)

यूरोप : ९ मुलुक (१७ प्रतिशत)

मध्यपूर्व : ८ मुलुक (६२ प्रतिशत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment