+
+
Shares

कोरोना महामारीसँग लड्ने ट्रम्पको तरिका ‘घृणित’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते १७:०२

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस (कोभिड-१९)को महामारीसँग लड्ने तरिका घृणित र ‘लगभग आपराधिक’ रहेको बताएका छन् ।

ट्रम्पले कोरोना भाइरसको महामारीलाई कमजोर आकलन गरेको समाचार सार्वजनिक भएसँगै बाइडनले ट्रम्पलाई यस्तो आरोप लगाएका हुन् ।

सीएनएनसँगको अन्तर्वार्तामा उनले भने, ‘यसो गर्नुको विशेष उद्देश्य शेयर बजार नघटोस् भन्ने थियो, जसको ध्येय उनका धनी साथीहरुले कुनै मूल्य गुमाउनु नपरोस् भन्ने थियो ।’

बाइडनले ट्रम्पको नेतृत्वमा अमेरिकी नागरिकहरुको आत्मविश्वास गुमेको बताएका छन् । साथै महामारीको कारण अमेरिकामा मानिसहरु मरिरहेको अवस्थामा ट्रम्पले भने केही नगरेको बाइडनको आरोप छ ।

साथै उनले मानिहरुलाई मास्क नलगाउन र भौतिक दुरी कायम राख्ने नियम नमान्न उक्साएको परिणामस्वरुप अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिएको बताए ।

अमेरिकी पत्रकार बब वूडवार्डको नयाँ किताब ‘रेज’मा ट्रम्पले कोरोना भाइरसको महामारीलाई सानो देखाउने प्रयास गरेको उल्लेख गरिएको छ । यससँगै अहिले अमेरिका ट्रम्पको आलोचना भइरहेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?