Comments Add Comment

भाषा परीक्षा सञ्चालन गर्न पाइने

२६ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञाकाबीच केही भाषिक परीक्षा सञ्चालन गर्न दिने भएको छ । टोफल, आईईएलटीएस, जीएमटी, जीआरई, जीआरएफडब्ल्यू, अक्युपेसनल अंग्रेजी टेस्ट लगायतका परीक्षा सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी परीक्षा सञ्चालन कार्यविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने पाण्डे बताउँछन् ।

निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment