Comments Add Comment

विराटनगरमा कोरोना संक्रमित वृद्धाको मृत्यु

२६ भदौ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका– २ कि ७० वर्षीया वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शुक्रबार मृत्यु भएको हो ।

उपचार केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार शुक्रबार ४ः३० बजे वृद्धाको मृत्यु भएको हो । वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या थपिएपछि राति नै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

चिन्ताजनक अवस्थामा वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । वृद्धामा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको डा. सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment