+
+
Shares

कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते २०:१३

२६ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको शुक्रवार साँझ मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नं. ५ का ६१ बर्षका पुरुषको अस्पतालको आइईसीयूसहित भेन्टिलेरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका थिए ।

अस्पतालले भेन्टिलेटरमा राखेर बचाउने अथक प्रयास गर्दागर्दै पनि ज्यान गएको भन्दैं दुःख ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?