
२६ भदौ, विराटनगर । कोरोना भाइरस संक्रमणका कारण सुनसरिको झुम्कास्थित कारागारका एक कैदीको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका घर भएका ४३ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
१० दिनदेखि ज्वरो आएको २ दिनदेखि खोकी र श्वासप्रश्वासमामा कठिन भएपछि उनलाई शुक्रबार विहान ११ बजेर ५४ मिनेटमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
उनको शुक्रबार नै प्रतिष्ठानको प्रयोगशालामा जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनमा कुनै दीर्घरोग भएको नपाइएको सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4