+
+

कोरोनाबाट गोरखाका पुरुषको काठमाडौंमा मृत्यु

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ भदौ २७ गते २०:०७

२७ भदौ, गोरखा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।

भीमसेन थापा गाउँपालिका-१ का ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मृत्यु भएको हो । उनी मृगौलासम्बन्धी रोगको उपचारका लागि उनी भदौ २१ गते काठमाडौं गएका थिए ।

शिक्षण अस्पतालमा उपचारको क्रममा २३ गते कोरोना पुष्टि भएको र शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?