Comments Add Comment

अब सबै ल्याबमा दुई हजारमै पीसीआर परीक्षण

२८ भदौ, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

यसैबीच चार वटा अस्पतालमा पीसीआर जाँच गर्दा फरक फरक रिपोर्ट आएको गुनासो आएको भन्दै स्वास्थ्य मन्त्रालयले छानविन थालेको छ ।

यो पनि पढ्नुहोस बिध ल्याबमा अब दुई हजार रुपैयाँमै पीसीआर टेस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment