+
+
Shares

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

रासस रासस
२०७७ भदौ २९ गते ७:१९

२९ भदौ, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ ।

हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २:३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।

गतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । आफ्ना नागरिकको जीवन रक्षाका लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको अध्यक्ष शेर्पाले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?