Comments Add Comment

‘श्रीमद्भगवद् गीता’को निर्देशन आफै गर्दै नीता

नेपाली चलचित्रकी नायिका नीता ढुंगाना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । हरेक बर्ष कार्यक्रमको आयोजना गर्दै आएकी नीताले यो बर्ष भने कुनै कार्यक्रम नगर्ने बताएकी छिन् ।

हेटौडामा जन्मिएकी नायिका ढुंगाना चलचित्र ‘मितिनी’ मार्फत बालकलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनै, नीताले चलचित्र यात्राको दौरानामा केही सफल चलचित्रमा अभिनय गरेकी छिन् भने केही दर्शकको मन छुने चलचित्रमा ।

उनले अभिनय गरेका ‘मसान, पञ्चायत’बाट उनको कामको तारिफ भयो । ‘नोटबुक, ६ एकान ६’ लगायतका चलचित्रले उनलाई चर्चित बनायो ।

उनै, ढुंगानाले ‘गणेश भजन’मार्फत आफूलाई गायिकाको रुपमा पनि अगाडि बढाइन् । नीताले आफ्नै प्रोडक्शन हाउसबाट भिडियो निर्माण गरेकी हुन् ।

अबको यात्रा निर्देशक
नीताले केही दिन अगाडि ‘श्रीमद्भगवत गीता’ नाममा वेव सिरिज बनाउने घोषणा गरेकी थिइन् । युटुब र टेलिभिजनमा प्रशारण हुने करिब ४० भागको यो वेव सिरिजलाई अब नीता आफैले निर्देशन गर्ने भएकी छिन् ।

आफ्नो जन्मदिनमा नीताले यो वेव सिरिज बनाउन लागेको जानकारी दिइन् । यो सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, संजय लामाको छायांकन रहनेछ । नीता आफैले यो सिरिजको निर्माण गर्दैछिन् ।
यो सिरिजले अर्जुन र कृष्णको संवाद प्रस्तुत गर्नेछ । कलाकारको नाम भने सार्वजनिक गरिएको छैन ।

नायिका ढुंगानाका अनुसार, यो वेव सिरिज निर्माणका लागि २ करोड बजेट लाग्नेछ । उनका अनुसार, सेट तयार गर्न नै समय लाग्ने भएकाले २ महिनापछि मात्र यसको छायांकन सुरु हुनेछ । नीताले यो वेव सिरिजबाट नाफाको ७० प्रतिशत सामाजिक काममा खर्च गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment