Comments Add Comment

राजस्व बाँडफाँटबाट साउनमा स्थानीय सरकारमा पुग्यो ४ अर्ब

२९ भदौ, काठमाडौं । राजस्व बाँडफाँटका माध्यमबाट साउनमा स्थानीय तहले संघीय सरकारबाट करीव ४ अर्ब रुपैयाँ प्राप्त गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनमा आन्तरिक उत्त्पादनमा लाग्ने अन्तःशूल्क र मूल्य अभिवुद्धि कर (मूअक)वापत कुल ३ अर्ब ९५ करोड ८ लाख रुपैयाँ स्थानीय तहमा पुगेको हो ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन अनुसार आन्तरिक उत्पादनमा लाग्ने अन्तःशूल्क र मूल्य अभिवृद्धि करको ७० प्रतिशत संघीय सरकारले प्राप्त गर्छ । ३० प्रतिशतलाई भने स्थानीय र प्रदेशले १५/१५ प्रतिशत बाँडफाँटमार्फत प्राप्त गर्छन् । साउनमा मूअकबाट ३ अर्ब १३ करोड ४३ लाख र अन्तःशुल्कबाट ८१ करोड ६५ लाख रुपैयाँ स्थानीय तहमा पुगेको हो ।

स्थानीय तहको आम्दानीका स्रोतमध्ये राजस्व बाँडफाँट एक हो । अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनमा अन्तःशूल्क असुली कुल ७ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । यसमा नि ठूलो हिस्सा आन्तरिक उत्पादनको थियो । किनकी पैठारी भने यो महिनामा समेत गिरावट भएको छ ।

आन्तरिक उत्पादनबाट सरकारले ५ अर्ब ४४ करोड रुपैयाँ अन्तःशूल्क संकलन गर्न सफल भएको थियो । मूल्य अभिवृद्धि करको संकलन भने २० अर्ब ९० करोड भएको थियो । साउनमा मूअक संकलन गत आवको तुलनामा भने घटेको हो । गत वर्ष साउनमा २० अर्ब ३० करोड मुअक संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment