Comments Add Comment

कोरोना संक्रमणका कारण भक्तपुरमा २ जनाको मृत्यु

२९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सोमबार २ जनाको मृत्यु भएको छ । मध्यपुर नगरपालिका– ५ का ७२ वर्षका पुरुष र वडा नं ७ का ७४ वर्षका पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

वडा नम्बर ५ का पुरुषको सोमबार विहान ९ बजेतिर काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । नेपाल कोरिया मैत्री अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । तर मुटुसम्बन्धी समस्या भएका कारण उनलाई ग‌ंगालाल हृदयरोग केन्द्रमा पठाइएको मध्यपुर नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधीकर्मीले बताइन्  ।

त्यस्तै वडा नम्बर ७ का ७४ वर्षका पुरुषको मेगा अस्पतालबाट ग्राण्डीतर्फ लैजाने क्रममा मृत्यु भएको उपमेयर मधीकर्मीले जानकारी दिइन् । ५ दिनअघि  कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल लगिएका थिए । मेगाले सोमबार नै ग्राण्डी अस्पताल रिफर गरेको थियो । तर अस्पताल नपुग्दै उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment