Comments Add Comment

१० किलो अफिमसहित दुईजना पक्राउ

२९ भदौ, काठमाडौं । बाँकेबाट १० केजी अवैध लागूऔषध अफिमसहित सोमबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका-८ का ५३ वर्षीय धनबहादुर सेन र  दाङको घोराही उपमहानगरपालिका-१९ का २४ वर्षीय निशान भनिने वसन्त घर्तीमगर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट सो परिमाणको अफिमसहित दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment