Comments Add Comment

प्रदिपले साइन गरे दिनेशको फिल्म

नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुन बाँकी छ । उनै, प्रदिपले अर्को चलचित्र ‘हुतुतु’मा पनि काम गर्दैछन् ।

तर, उनले ‘हुतुतु’ भन्दा अगाडि काम गर्ने गरि एक नयाँ चलचित्र साइन गरेका छन् । निर्देशक दिनेश राउतले निर्देशन गर्ने सामाजिक कथाको एक चलचित्रमा काम गर्ने तयारी प्रदिपको छ ।

हुनत, यो टिमले स्वर्गिय गायक अरुण थापाको बायोपिकमा काम गर्ने तयारी पनि गरेको थियो । तर, अब यो प्रोजेक्ट नबन्ने पक्का भएको छ । योसँगै दिनेशले प्रदिपलाई लिएर नयाँ चलचित्र बनाउने तयारी गरेका छन् ।

निर्देशक राउत यो चलचित्रको छायांकन अनुमती पाएसँगै सुरु गर्ने तयारीमा छन् । प्रदिप पनि दिनेशको चलचित्रलाई लिएर उत्साहित देखिन्छन् । दिनेशले यो चलचित्रको कथा केही बर्ष अगाडि सोचेका थिए । तर, लकडाउनको समयमा स्क्रिप्ट फाइनल गरेपछि उनी चलचित्र निर्देशन गर्न अगाडि सरेका हुन् । दिनेशले यो चलचित्रको छायांकन सकेपछि निर्माता रोहित अधिकारीको चलचित्र निर्देशन गर्नेछन् ।

श्रोतका अनुसार, यो चलचित्रका लागि प्रदिपले २० लाख पारिश्रमिक वुझेका छन् । तर, निर्माणपक्षले यो बिषयमा केही पनि बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment