Comments Add Comment

ओपोद्वारा वैश्विकस्तरमा कलरओएस ११ सार्वजनिक

३० भदौ, काठमाडौं । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ । यससँगै ओपोले वैश्विक प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो मध्यकै एके ओईएमएसका रुपमा ईतिहास समेत रचेको छ ।

‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट एन्ड्रोइड फिचर्सलाई निरन्तरता दिँदै ओपोका प्रयोगकर्ताले चाहेको जस्तै उत्कृष्ट यूआई कस्टमाइजेशनपनि उपलब्ध गराउँछ ।

गूगलको एन्ड्रोइड ११ घोषणा पछ्याउँदै द्रुत प्रक्षेपनका साथ सार्वजनिक यो सार्वजनिक हुनु दूई कम्पनी विचको नजिकको सहकार्य हो ।

नयाँ श्रेणीको यूआई कस्टमाइजेशन सुविधा

कलरओएस ११ले अदृतिय यूआई कञ्टमाइजेशनको सुविधा उपलब्ध गराउँदै प्रयोगकर्तालाई आफ्नो सिर्जनशिलता झल्काउँदै आफू अनुकुल ब्यक्तिगत तथा पृथक अनुभव लिन सघाउँछ ।
प्रयोगकर्ताले आफ्नो चाहना अनुसार अल्वेज-अन डिस्प्ले, थिम, वालपेपर तथा फोन्ट्स, आइकनस र रिंगटोनको चयन गर्न सक्छन् । यो नयाँ अपडेटले एन्ड्रोइडको पछिल्लो डार्क मोडलाई तीन कलर स्किम तथा कन्ट्रास्ट लेभलका साथ अझ सुदृढ रुपमा प्रस्तुत गरेको छ । साथै, ओपो रिल्याक्स २.०ले प्रयोगकर्तालाई विश्वभरका सहरबाट संकलित आवाज मार्फत आफ्नो चाहना अनुसार हृवाइट न्वाइज मिक्स बनाउन सघाउँछ ।

‘कलर ओएस ११को यूआई कस्टमाइजेशनको जड तिनको अझ ब्यक्तिगत र पृथक फोन प्रयोग अनुभवको चाहना हो’ ओपो कलरओएस डिजाइन प्रोजेक्टका लिड लिन्न नीले भने, ‘प्रयोगकर्ताहरुका प्रतिक्रियालाई दृष्टिगत गर्दै कलरओएस समुहले विभिन्न फिचर्सहरु समाहित गर्न पर्सनलाइज्ड यूआई उपलब्ध गराएको हो । यसो गरिरहँदा प्रयोगकर्ताले आफ्ना सिर्जर्नशिलता प्रस्फूटन गर्दै फोन माथिको आफ्नो नियन्त्रणकेा समेत अनुभव गर्न पाउन भन्ने तिर हामीले विशेष ध्यान दिएका छौँ ।’

बृहत सुदृढ कार्य प्रदर्शनी

कलरओएस ११मा काम र जीवनको सम्पादनमा सुधारका लागि विभिन्न उपयोगी फिचर्सहरु उपलब्ध गरिएका छन् । ओपो र गूगलको सहकार्यमा पहिलो निर्मित गूगल लेन्सद्वारा सञ्चारित थ्री फिंगर ट्रान्सलेट तिनकै एक नमुना हो । यसले तीन औँलाको सहायताद्वारा खिचिएको साधारण स्क्रिनशट मार्फत अक्षर अनुवाद गर्छ ।

यसमा रहेको फ्लेक्सड्रप फिचरले मल्टि-टास्किङका लागि सरल र सहज समाधान उपलब्ध गराउँछ । यसको सहायताबाट प्रयोगकर्ताले भिडियो हेर्दै टेक्स्ट गर्न सक्छन् । विशेषत गेमर्स तथा भिडियो प्रेमीहरुका लागि यो फिचर उपयोगी हुनेछ । साथै, प्रयोगकर्ताले सहतापूर्वक स्विट्च गर्दै विभिन्न स्मार्ट होम डिभाइसेजपनि नयाँ डिभाइस कन्ट्रोल मेनु मार्फत अन्य एप डाउनलोड विनै नियन्त्रण गर्न सक्नेछन् ।

यसमा ब्याट्रीललाई लामो समय सम्म टिकाउने सोचका साथ नयाँ सुपर पावर सेभिङ मोडपनि दिइएको छ । यसको सहायताबाट प्रयोगकर्ताले लो-ब्याट्री भएको अवस्थामा समेत ६ ओटा एप छनोट गरी चलाउने सुविधा पाउन सक्छन् । साथै, यसमा रहेको ब्याट्री गार्डले अस्थिर पावर भोल्टेज भएको अवस्थामा समेत लामो समय सम्म चार्ज गर्नु पर्दा ब्याट्रीलाई सुरक्षा प्रदान गर्छ । यसले रातको समयमा स्वचालित रुपमै चार्ज ८० प्रतिशत पुगेको अवस्थामा चार्जिङ प्रक्रियालाई रोकी प्रयोकर्ता उठ्ने समयसम्म का लागि पूर्ण चार्ज हुने प्रक्रियालाई रोकि दिन्छ ।

‘मेक लाइफ फ्लो’का लागि अदृतिय स्मूथनेस

हाई प|mेम रेट्सलाई औद्योगिक सम्पन्नता मानिएतापनि कतिपय फोनहरुमा कहिले काहीँ ल्याग हुने तथा अड्किने समस्या देख्न सकिन्छ । यसको समाधानार्थ कलरओएस ११ले यूआई फस्र्ट २.० उपलब्ध गराएको छ । यसले ओपोको स्वामित्वमा रहेको ल्याग रिड्यूसिङ ईञ्जिनलाई क्वान्टम एनिमेशनसंग समायोजन गर्छ । यसले र्‍यामको प्रयोगमा ४५ प्रतिशतले सधार ल्याउँदै रेस्पोन्स रेटलाई ३२ प्रतिशतले र फ्रेम रेटमा १७ प्रतिशतले सुधार ल्याउन सघाउँछ ।

त्यसैगरी यसमा रहेको एआई एम पि्रलोडिङले प्रयोकगर्ताको बानी बुझ्दै अत्यधिक प्रयोगहुने एप्स पि्रलोड गरी लोडिङ समयमा उल्लेख्य सुधार दिन्छ । यसमा रहेको सुपरटचले बुद्धिमता पूर्वक प्रयोग अवस्थाको पहिचान गरी टच रेस्पोन्समा सुधार ल्याउँदै प्रणालीगत प्रवाहमा सुधार ल्याउँछ ।

प्रयोगकर्ताको सुरक्षा र गोपनियताको सुरक्षा

कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट गोपनियताका विकल्पलाई निरन्तरता दिँदै थप गोपनियता सुरक्षा तथा डाटा सुरक्षण फिचर्सपनि उपलब्ध गराएको छ । प्राइभेट सिस्टमले छुट्टै नयाँ प्रणालीको स्थापना गरी वास्तविक भन्दा पृथक एप्स तथा डाटाका भर्जन सिर्जन गर्छ र तिनलाई स्वतन्त्ररुपमा प्रयोग गर्ने वातावरण उपलब्ध गराउँछ । यि माथि नियन्त्रणका लागि छुट्टै फिंगरपि्रन्ट वा पासवर्डको आवश्यकता पर्छ ।

एपलकका लागि नयाँ सर्टकटले प्रयोगकर्तालाई पासवर्ड, फिंगरपि्रन्ट वा फेशियल भेरिफिकेशनको प्रयोग गर्ने अवसर प्रदान गर्छ । त्यसैगरी परमिशन प्रणालीपनि अस्थाई अमुमतिका साथ थप सुदृढ गरिएको छ । यस अन्तर्गत क्यामेरा रिसेट, माइक्रोफोन तथा लोकेशन एक्सेस लगायत एप बन्छ गरे पश्चात रिसेट हुने गर्छ ।

त्यसैगरी अटो रिसेट परमिशनले लामो समय सम्म प्रयोग नगरिएको अवस्थामा एप पर्मिशन सेटिङलाई डिफल्टमा फर्किन मद्दत गर्छ । संकास्पद एपलाई अन्य एप डाटासम्म पहुँच बनाउनपनि यसले रोक्ने कार्य गर्छ । त्यसैगरी, स्कोप्ड स्टोरेजले फोन डाटामाथि को पहुँच रोक्दै दिनै पर्ने अवस्थामा अनुमतिको माग गर्छ ।

हालसम्मकै छिटो र बृहत्त रोलआउट

कलरओएस ११को बेटा भर्जन सार्वजनिकले प्रविधि प्रेमी प्रयोगकर्तालाई आधिकारिक सार्वजनिकको करिव १ हप्ता अगाडी यसमा पहुँच बनाउँदै नयाँ फिचर्सका बारेमा अन्वेषण गर्न र प्रतिक्रिया दिने अवसर प्रदान गरेको छ । कलरओएस ११ ब्याट्च बाई ब्याट्च एप्रोचबाट सार्वजनिक गरिनेछ ।

यसको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिज मार्फत हुने जानकारी दिइएको छ । पूर्णतः रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिज अन्तर्गतका २८ भन्दा बढी फोन मोडलहरु समेट्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment