Comments Add Comment

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका ४ जना, बारा र मकवानपुरका २/२ जना, सर्लाही र सुनसरीका एकएक जनाको मृत्यु भएको हो ।

  • काठमाडौं महानगरपालिका-१४ कलंकी, काठमाडौंका ३४ वर्षीय पुरुषको मंगलबार वीर अस्पतालमा मृत्यु भएको छ । २६ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या भएर मंगलबार नै अस्पताल पुगेका थिए ।
  • काठमाडौं महानगरपालिका-१ नक्साल, काठमाडौंका ९६ वर्षीय पुरुषको सोमबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वानसमा समस्या भएर उनी १३ गते अस्पताल भर्ना भएका थिए ।
  • सोमबार नर्भिक अस्पतालमा मृत्यु भएका काठमाडौं महानगरपालिका-२७ असन, काठमाडौंका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, निमोनिया तथा श्वासप्रश्वासको समस्या लिएर उनी २७ गते अस्पताल भर्ना भएका थिए ।
  • सोमबार वीपी स्मृति अस्पतालमा मृत्यु भएकी काठमाडौं महानगरपालिका-७ गौरीघाट, काठमाडौंका ८६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । दमकी रोगी समेत रहेका उनी २८ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • हेटौंडा उपमहानगरपालिका-४, मकवानपुरका ६१ वर्षीय पुरुषको नर्भिक अस्पतालमा मृत्यु भएको छ । ज्परो आएर १८ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २० गते पुष्टि भएको थियो ।
  • सोमबार मृत्यु भएका मनहरी गाउँपालिका-८, मकवानपुरका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी दम र मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
  • जीतपुरसिमरा उपमहानगरपालिका-१४, बाराकी ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा सोमबार मृत्यु भएको छ । सोमबार विहान अस्पताल उनमा कडा निमोनिया देखिएको थियो । उनी मधुमेह र हाइपरटेन्सका विरामी थिए ।
  • बाराका ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • सिराहाका ६४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
  • धरान उपमहानगरपालिका-१७, सुनसरीका ७० वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या लिएर २७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २८ गते पुष्टि भएको थियो । उनी उच्च रक्तचापको विरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment