+

क्रिकेटर ललितको उपचारमा राखेपले सहयोग गर्ने

२०७७ भदौ  ३१ गते ७:०२ २०७७ भदौ ३१ गते ७:०२
क्रिकेटर ललितको उपचारमा राखेपले सहयोग गर्ने

३१ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोग गर्ने भएको छ ।

राखेपका सदस्य सचिव रमेश कुमार सिलवालसहित राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का, नेपाल क्रिकेट संघ (क्यान)का सदस्य छुम्मबी लामा लगायत मंगलबार ललितको स्वास्थ्य अवस्था बुझ्न टोखास्थित ग्रान्डी अस्पताल पुगेका थिए ।

सदस्य सचिव सिलवालले ललिती श्रीमतीसँग कुरा गर्द निजको अमूल्य योगदानलाई उच्च कदर गर्ने र उपचार प्रकियामा संलग्न खर्चमा राखेपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको क्यान सदस्य लामाले जनाएका छन् ।

आइतबार कञ्चनपुरमा ट्रकको ठक्करबाट घाइते भएका भण्डारीलाई स्थानीय निसर्ग अस्पतालमा उपचारपछि सोमबार बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । त्यहाँबाट हेलिकप्टरमा उनलाई सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । ललितको हात र खुट्टाको अप्रेसन गर्नुपर्ने भएको छ र कलेजोमा पनि चोट देखिएको छ ।

यसअघि क्रिकेट खेलाडी संघ सिप्यानले पनि ललितको उपचारमा सहयोग गर्ने भन्दै रकम संकलनका लागि पनि आह्वान गरेको थियो ।

उनलाई सोमबार र मंगलवार आइसियूमा राखिएको थियो । उनको अप्रेसन बुधबार गर्ने सम्भावना छ ।

राखेप ललित भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय