+
+
Shares

बर्दियामा घरको छतबाट खसेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १२:२१

३१ भदौ, बुटवल । बर्दियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेका छन् ।

आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनको उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?