+
+

डोटीमा थप ४० सैनिकमा कोरोना संक्रमण पुष्टि

रामहरि ओझा रामहरि ओझा
२०७७ भदौ ३१ गते १८:४६

३१ भदौ, डोटी । डोटीको दिपायलस्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका -४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जना सैनिक कर्मचारीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

यसअघि भदौ १६ गते सोही ब्यारेकमा कार्यरत २१ जना र मंगलबार ६ जनामा कोरोना पुष्टि भएको थियो । बुधबारका समेत गरी सोही गणमा कार्यरत ६७ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक हजार २९ पुगेको छ । जिल्लामा १०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?