Comments Add Comment

काठमाडौंमा प्रशासन कार्यालयको सेवा पुन: सञ्चालन, कुन बार के सेवा ?

१ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले साउन २५ देखि केही सेवाहरु स्थगित गरेको छ ।

प्रशासन कार्यायले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, स‌ंघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको छ ।

तर अब पनि कार्यालयमा भिड हुन नदिन सेवाग्राहीलाई स्थानीय तहअनुसार सेवा लिने बार तोकिएको छ ।

प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लिन एक दिनमा दुईवटा नगरपालिकाका नागरिकमात्र आउन पाउने गरी तालिका बनाएको छ ।

जसअनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन् । त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन् ।

संस्था दर्ताको काम सोमबार र बुधबारमात्र हुनेछ, नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ । पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यसबाहेक शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित समन्वय र छलफलको काम भने हप्ताको छ दिन नै सञ्चालन हुने सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment