
१ असोज, काठमाडौ । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजामा खासगरी यातायातका साधन, वर्कसप, मेसिन र औजार आदिको पूजा गरिन्छ ।
यातायात व्यवसायी र सवारी साधन बाहकले यो आआफ्ना सवारी साधन धोएर सफा बनाउने, पूजा गर्ने गर्छन् ।
यातायात व्यवसायीले ६ महिनासम्म थन्क्याएर राखेको आफ्ना सवारी साधन धोइपखाली गर्नुका साथै धुप दीप बालेर पूजा गरेका छन् । कोरोना भाइरस महामारी फैलिन नदिन बन्द गरिएको सार्वजनिक सवारीका साधन पनि विश्वकर्मा पूजाकै दिन पारेर खुला गरिएको छ ।
सरकारले असोज १ देखि सार्वजनिक यातायात खुला गरेको छ, नेपालमा विश्वकर्मा पूजा पनि यसै दिन मनाइन्छ ।
धेरै यातायात व्यवसायीले विश्वकर्मा पूजामार्फत अब निरन्तर यातायात सञ्चालन गर्न पाइयोस् भन्ने कामना गरेको हुन सक्छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4