Comments Add Comment

हेकाफद्वारा सरकारलाई २० वटा भेन्टिलेटर सहयोग

१ असोज, काठमाडौं । हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ-३६०)ले अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ ।

कोरानो भाइरस (कोभिड-१९)को समस्या सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले २० वटा भेन्टिलेटरसहितस्वास्थ्य सामग्री उपलब्ध गराएको हेकाफ ३६० ले जनाएको छ ।

हेकाफ ३६० ले भेन्टिलेटरसहित पीपीई, पञ्जा, गाउन, मास्क, थर्मोमिटरलगायत गरी करिब ९५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विपदको अवस्थामा सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । मन्त्री ढकालले फाउण्डेसनले उपलब्ध गराएको सामग्रीको अधिकतम उपयोग गरी बिरामीको जीवन रक्षा गर्ने प्रतिवद्धता जनाए ।

यसअघि पनि हेकाफ- ३६० ले जेठ २१ गते सरकारलाई ३० वटा भेन्टिलेटरसहित एक करोड २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको थियो ।

हेकाफ-३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले अहिलेको अत्यन्तै भयावह परिस्थितिमा चुजी फाउन्डेसनद्वारा नेपाललाई सहयोग प्राप्त भएकोमा आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment