Comments Add Comment

बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

१ असोज, वीरगञ्ज । सीमा नाकाको सुरक्षार्थ महोत्तरीको बर्दिवास नगरपालिका–४ मा सशस्त्र प्रहरीले ‘रिजर्भ गण’ स्थापना गरेको छ ।

बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’को हेडक्वार्टर स्थापना गरिएको हो ।

रिर्जभ गणले सीमा नाकाको सुरक्षा, व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण र जनशक्ती परिचालनको लागि काम गर्नेछ । मन्त्रिपरिषदको बैठकले ०७७ असार २९ गते ‘रिर्जभ गण’को स्थापना गर्ने निर्णय गरेको थियो ।

गणले विपद व्यवस्थापन, राहत तथा उद्धार, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा काम गर्ने छिन्नमस्ता बाहिनी कार्यालयका डिआइजी (बाहिनीपति) कृष्णभक्त ब्रम्हचार्यले जानकारी दिए ।

प्रदेश–२ को दुई स्थानमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा रिर्जभ गण रहने उनले बताए । एउटा बाहिनी कार्यालय बर्दिबास महोत्तरीको मातहतमा स्थापना भएको छ भने अर्को बारामा स्थापना गर्ने तयारी भइरहेको छ । बर्दिबासस्थित गणमा एसपी सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना जनशक्ति परिचालन हुनेछन् ।

प्रदेश–२ का ८ वटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ । ४ सय ६४ किलोमिटर सीमा क्षेत्रमा भारत प्रवेश गर्ने २ सय ४६ ठूला–साना सीमा नाकाहरु छन् ।

सीमा सुरक्षाको लागि प्रदेश २ अन्तर्गत सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र बारामा नयाँ बोर्डर आउट पोष्ट (वीओपी) हरु थप गर्दै लैजाने तयारी छिन्नमस्ता बाहिनीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment