+
+
Shares

टाटाको प्रिमियम ह्याचब्याक ‘अल्ट्रोज’ अब नेपालमा

डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते २०:१४

१ असोज, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधिमार्फत आज शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसैबर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा अल्ट्रोजको सुरुवाती मुल्य रु २९ लाख ९९ हजार तोकेको छ । साथै सिप्रदीले आजदेखि नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ ।

टाटा अल्ट्रोज (ALFA) अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन् ।

उक्त कार्यक्रममा बोल्नुहुदैँ टाटा मोटर्सका प्यासेन्जर भेहिकलका इन्टरनेसनल बिजनेस हेड सुजन रोयले भने, “अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट हामीले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेका छौं । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पुयाउनेमा हामी ढुक्क छौं । साथै अबका दिनमा अझै सोरुमहरुको बिस्तार गरी नेपालमा नयाँ प्रोडक्ट पोर्टफोलियो बिस्तार गरिनेछ र अबका दिनमा हामी मागको प्रकृतिअनुरुप नयाँ प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै जानेछौं ।”

प्रमुख बिशेषताहरु :

  •  अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी
  • ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग प्राप्त  – सेग्मेन्टमै सुरक्षित
  • इम्प्याक्ट २.० डिजाइन अन्तर्गत निर्मित
  • शक्तिशाली १.२ लिटर रेभोटर्न पेट्रोल इन्जिनमा उपलब्ध

साथै उक्त कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमूख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले भने, “नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौं । यो हाम्रो लागि महत्वपूर्ण चरण हो किनकि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौं । नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ्ग डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ्ग डाइनामिक्सलाई पुनःपरिभाषित गर्दछ । त्यसैले गर्दा हामी हाम्रा ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादनहरु सार्वजनिक गर्दै लैजानेछौं । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख उदेश्य हुनेछ ।”

यस गाडी विविध किसिमका सुविधा र विशेषताहरुले भरिपुर्ण रहेको कम्पनी बताउँछ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेको मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ ।

साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएको छ । आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका अति उत्कृष्ट बिशेषताहरु रहेका छन । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडि, सिएससि र डुवल एअरब्यागहरु रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?