Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

२ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।

पहिरोले अवरुद्ध सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको छ ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दैनिकजसो अबरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment