+
+
Shares

प्रिडिप्लोमा गरेकाहरूले मिल्दो विषयमा कक्षा ११ पढ्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १३:००

२ असोज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) बाट सञ्चालित एसएलसी/प्रिडिप्लोमा गरेका विद्यार्थीले सामुदायिक विद्यालयबाट सञ्चालित प्राविधिक धारको कक्षा ११ मा पढ्न पाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्को २८ भदौको बैठकले विगतमा एसएलसी वा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेर प्रिडिप्लोमा गरेकाहरूले मिल्दो विषयमा भर्ना हुन पाउने निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए ।

‘तोकिएका मापदण्डका आधारमा मिल्ने विषयमा कक्षा ११ मा भर्ना भई अध्ययन गर्न पाउने निर्णय भएको छ’ दाहालले अनलाइनखबरसँग भने, ‘कक्षा ८ वा ९ उत्तीर्ण गरेर प्रिडिप्लोमा गर्ने विद्यार्थीले भने कक्षा ११ पढ्न पाउँदैनन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?