Comments Add Comment

हिगुएनले युभेन्ट्स छाड्ने पक्का, बेकहमको क्लबमा अनुबन्ध हुँदै

२ असोज, काठमाडौं । अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिगुएन इटालियन च्याम्पियन युभेन्ट्स छाडेर डेबिड बेहहमको क्लब इन्टर मायमीमा अनुबन्ध हुने भएका छन् ।

हिगुएनले आपसी सहमतिमा युभेन्ट्ससँग सम्झौता तोडेको बीबीसीले जनाएको छ । सिरी ए च्याम्पियन युभेन्ट्सले हिगुएनले क्लब छाड्ने पक्का भएको भन्दै उनलाई शुभकामना दिएको छ ।

३२ वर्षीय हिगुएन सन् २०१६ मा अर्को इटालियन क्लब नापोली छाडेर युभेन्ट्स पुगेका थिए । त्यतिबेला त्यो इटलीको कीर्तीमानी ट्रान्सफर थियो ।

युभेन्ट्स छाड्ने पक्का भएपछि हिगुएन अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीसँग सम्झौता गर्ने भएका छन् । त्यसैका लागि हिगुएन अमेरिका पुगिसकेका छन् ।

इन्टर मायमीका म्यानेजर डिएगो अलोन्सोले हिगुएनको एमएलएस क्लबसँग सम्झौता अन्तिम चरणमा पुगेको जनाएका छन् ।

गत साता इन्टर मायमीका मालिक मध्ये एक जोर्ज मासले हिगुएनलाई मायमी एअरपोर्टमा स्वागत गरेका थिए ।

हिगुएनले चार वर्ष युभेन्ट्सबा बिताउँदा १४९ खेलमा ६६ गोल गरेका छन् । युभेन्ट्समा रहँदा हिगुएनले चेल्सी र एसी मिलानका लागि लोनमा समेत खेले ।

गत महिना युभेन्ट्सका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले हिगुएनले बिस्तारै टुरिन क्लब छाड्ने बताएका थिए ।

रियल मड्रिडका पूर्व खेलाडीसमेत रहेका हिगुएनले युभेन्ट्सबाट ३ सिरी ए र २ पटक कोपा इटालिया उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment