Comments Add Comment

पलसँग फिल्ममा पनि काम गर्न मन छः सुपुष्पा भट्ट

नायिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर र छ माया छपक्कै’मा काम गरिन् । यी दुबै चलचित्रले उनलाई यो क्षेत्रमा अगाडि बढ्न सहयोग गर्यो । उनले अभिनय गरेको अर्को चलचित्र ‘चपली हाइट ३’ लकडाउनका कारण प्रदर्शन हुन सकेन । चलचित्र रिलिजको प्रतिक्षामा सुपुष्पा छिन् ।

लकडाउन अवधीभर सुपुष्पालाई कुनै पनि नयाँ चलचित्रको अफर भने आएन । धेरै निर्माताले लकडाउनको समयमा चलचित्र क्षेत्र कता जान्छ भन्ने अड्कल लगाउन नसकेका कारण पनि चलचित्र बनाउने हिम्मत गरेनन् ।

सुपुष्पा अब भने चलचित्रको लागि कुरा हुन थालेको बताउँछिन् । लकडाउन सकिएर काममा फर्किन आतुर भएको उनको तर्क छ ।

सुपुष्पाले नायक पल शाहसँग अभिनय गरेको एक गीतको म्यूजिक भिडियो लकडाउन अगाडि नै खिचिएको थियो । तर, यो गीतको भिडियो आज सार्वजनिक गरिएको छ । निकेश खड्का निर्देशित भिडियोमा सुपुष्पा र पलको जोडी सुहाएको छ ।

पलसँग काम गर्दा रमाइलो लागेको भन्दै सुपुष्पाले उनीसँग ठूलो पर्दामा पनि सहकार्य गर्न मन लागेको बताइन् । तर, आफूहरुको जोडीको बिषयमा दर्शकको प्रतिक्रिया नै महत्वपूर्ण हुने उनको भनाई छ ।

सुपुष्पाले चलचित्रको पर्दामा अहिलेका चलेका नायकहरुसँग रोमान्स गर्न पाएकी छैनन् । भिडियोमा पलसँग रोमान्स गरेकी सुपुष्पाको ठूलो पर्दामा पनि पलसँग काम गर्ने चाहना पुरा होला त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment