+
+
Shares

अंगरक्षकमा कोरोना देखिएपछि ऊर्जामन्त्री वर्षमान पुन होम आइसोलेसनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १९:३८
फाइल तस्वीर

२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुनसहित सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक, नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री होम आइसोलेसनमा बसेका हुन् ।

पूर्वसभामुख ओनसरी घर्तीसहित परिवारका ३० जना सदस्यको पीसीआर जाँच गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले अनलाइनखबरलाई बताए ।

भट्टले भने, ‘अब मन्त्रीज्यू कम्तिमा पाँच दिन पुल्चोकस्थित मन्त्री निवासमा होम आइसोलेसनमा बस्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?