Comments Add Comment

पर्सा, बारा र सर्लाहीका थप ५२ जनामा कोरोना, ४ महिने शिशु पनि संक्रमित

३ असोज, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार संक्रमितहरु ४ महिनाको शिशुदेखि ६८ वर्ष उमेरकासम्म छन् ।

सबैभन्दा बढी बारामा ४५ जनामा, पर्सामा ६ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । पर्सामा वीरगञ्जस्थित बाल सुधार गृहका तीन जना, वीरगञ्ज–३ र वीरगञ्ज–१९ मा १÷१ जनामा कोरोना संक्रमण देखिएको छ । अर्का एक जना संक्रमितको वडा खुलेको छैन ।

यसैगरी बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीका ८ जना, सोही गाउँपालिकाको अस्थायी प्रहरी चौकीका १ जना, बारागढीकै सुखीपठारका २ जना र श्रीपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कलैया उपमहानगरपालिकाका ३३ जना र महागढीमाईका १ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै सर्लाहीको एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment