Comments Add Comment

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ हजार नाघ्यो

४ असोज, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ७३ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ हजार २५८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोनाबाट ४५५ जनाको मृत्यु भएको हो ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म कोरोना संक्रमित हुने मानिसको संख्या पनि ६ लाख ९४ हजार १२१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा पाँच हजार १६७ नयाँ संक्रमित थपिएका छन् ।

यसअघि मेक्सिकोले महामारीको अवधिमा औसत मृत्यु हुनेको संख्याभन्दा एक लाख २० हजारभन्दा धेरै मानिसको मृत्यु भएको हुनसक्ने आंकलन सार्वजनिक गरेको थियो । मृतक संख्याको आधारमा मेक्सिको कोरोना संक्रमणबाट चौथो सबैभन्दा प्रभावित मुलुक हो ।

मृतक संख्याको आधारमा सबैभन्दा प्रभावित अमेरिकामा एक लाख ९९ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा एक लाख ३६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । तेस्रो स्थानमा रहेको भारतमा ८६ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment