Comments Add Comment

बन्चरेडाँडामा कार्तिकबाट फोहोर बिसर्जन थाल्छौं : राज्यमन्त्री मानन्धर

४ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तीब्रता दिएको बताएका छन् ।

आइतबार नुवाकोट-धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा पुगेका मन्त्री मानन्धरले मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साईटको पहिलो चरणको निर्माण सकिने दावी गरे । उनले कार्तिक पहिलो सातादेखि फोहोर विसर्जन हुने बताए ।

कोभिड-१९ संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साइट निर्माण सकिने दाबी गरे । सकेसम्म दशैं अघि नै फोहर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिए । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दिर्घकालिन योजना सहित सरकारले स्यानेटरी ल्याण्डफिल्ड साईट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिए ।

कोभिड संक्रमणका कारण केही ढिलाइ भएको बताउँदै मन्त्री मानन्धरले कामलाई तिब्रता दिन पनि निर्देशन दिए ।

सरकारले आवश्यक सबै पुर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री मानन्धरले काममा ढिलाई भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत दिए ।

केही ठेकेदारको लापरबाहीका कारण सरकारका केही काममा प्रभावकारीता देखिन नसकेको बताउँदै ढलाई गरि हुने काममा सम्झौता नहुने प्रस्ट पारे । मन्त्री मानन्धरले गुणस्तर कायम हुनेगरी तोकिएको मिति भित्र काम सम्पन्न गर्न निर्देशन दिंदै उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाइफलाइन भएको बताए ।

मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साइट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिवद्वता व्यक्त गरे । जनताको सरकारले जनताको गुनासो सुन्ने र कार्यान्वयन समेत गर्छ भन्दै मन्त्री मानन्धरले सरकार जनताको अधिकार रक्षाका लागि सधैं तयार रहेको बताए ।

निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ प्रतिशत सम्म सकिएको र असोज अन्तिमसम्ममा निर्माण सकिने जानकारी दिए । पोखरेलले निर्माणका क्रममा कोभिड र वर्षा बाधक बनेको बताउँदै अब एक महिनामा पहिलो फेज सरकारलाई हस्तान्तरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment