Comments Add Comment

डिशहोमको दशैंमा डवल धमाका

४ असोज, काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोम मा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ ।
यसै अफर लाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा सातामा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक / एक लाख नगद उपहार यस अफर मार्फत जित्नु हुनेछ ।

बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट-टप बक्सको क्यास आईडीको आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नम्बर १००, र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment