+
+
Shares

पदक वितरण मापदण्डविपरीत : कांग्रेस सांसद कँडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १७:१९

४ असोज, बुटवल । नवलपरासीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका संघीय सांसद देवेन्द्रराज कण्डेलले सरकारले घोषणा गरेका पदक पाउने व्यक्तिको नामावली मापदण्ड विपरीत रहेको बताएका छन् ।

पदक नियमावलीको नियम ३४ (क) अनुसार मानपदवी सय जना, अलंकार र पदक ५०–५० जना गरी बढीमा दुईसय जनालाई विभूषित गर्ने नियम भएकोमा सरकारले नियम विपरीत ५ सय ९४ जनालाई बाँडेको उनले टिप्पणी गरे ।

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद कँडेलले ठूला भ्रष्टाचारका फाइल तामेलीमा राखेर सेवा निवृत्त भएका अख्तियार प्रमुख नवीन घिमिरेलाई समेत पदकले सम्मान गर्नुले पदककै अवमूल्यन गरेको आरोप लगाएका छन् ।

डा. सन्दुक रुइत लगायत केही व्यक्तिलाई पदक दिने घोषणा राम्रो भएपनि अधिकांश पदक पाउने व्यक्तिको नामावली हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीमा राणाशासन, पञ्चायती ब्यवस्था, शाही सरकार कार्यकालको आलोचना गर्ने नैतिकता पनि नरहेको टिप्पणी गरेका छन् ।

सरकारले घोषणा गरेको पदकले कोरोना महामारी र बाढी पहिरोमा अहोरात्र खटिएर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी लगायतमाथि अन्याय गरेको कँडेलले टिप्पणी गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?