Comments Add Comment

कोरोनाबाट सप्तरीमा थप एक जनाको मृत्यु

४ असोज, काठमाडौं । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ की ६२ बर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमै मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार उनको आइतबार साँझ ६ बजेतिर मृत्यु भएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै समयमा उनको स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट आइतबार दिउँसो पोजेटिभ आएपछि एम्बुलेन्समार्फत् आइसोलेसन केन्द्रमा पठाइएको थियो । आइसोलेसन केन्द्रमा गएको केहीबेरमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment