Comments Add Comment

भारतको राज्यसभाका ८ सांसद एक साताका लागि निलम्बित

५ असोज, काठमाडौं । भारतको राज्यसभाका आठ विपक्षी सांसद अनुशासनहीनताको आरोपमा एक साताका लागि निलम्बनमा परेका छन् । राज्यसभामा कृषि सुधार विधेयकबारे छलफल चलिरहँदा उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोडमा उत्रिनेमध्ये आठ जना सांसद निलम्बनमा परेको राज्यसभाका अध्यक्ष एम वेन्कैया नायडूले जानकारी दिए ।

सांसद्मा छलफल चलिरहँदा विपक्षीहरुले गरेको प्रदर्शनपछि केही समय बैठक रोकिएको थियो । साथै विपक्षीहरुले उपसभापति हरिवंशविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पनि खारेज गरिएको नायडूले जानकारी दिएका छन् । उनले आइतबारको दिन राज्यसभाको लागि निकै खराब दिन रहेको बताए ।

विपक्षी सांसदहरु उपसभापतिको आसनमा पुगेर उनलाई आफ्नो कर्तव्य पालना गर्नबाट रोकेको पनि नायडूले बताए । उनले भने, ‘यो दुर्भाग्यपूर्ण र निन्दनीय छ । सांसदहरुसँग मेरो आग्रह छ कि उनीहरुले यो घटनाको लागि आत्मालोचना गर्नु जरुरी छ ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment