+
+

सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते ११:४२

५ असोज, काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको पनि बताएका छन् ।

हिमालयन बैंकले प्राप्ति गर्न लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशन भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै सीईओ गुरुङले बैंकले आधिकारिक रुपमा कुनै पनि त्यस्तो सम्प्रेषण नगराएको पनि दावी गरेका छन् ।

सीईओ गोविन्द गुरुङ

‘नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप् बैंकले मर्जर गर्नका लागि सम्भावित उपर्युक्त बैंकहरुको खोजी गर्ने क्रममा केहि बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएको भएपनि हालसम्म बैंकको मर्जर समिति तथा सञ्चालक समितिबाट कुनै पनि औपचारिक निर्णय नभएको जानकारी गराउँदै सेयर मुल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको तथा उक्त प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै पनि आधिकारिक निर्ण नभएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु’ बैंकले नेप्सेलार्य पठाएको जवाफमा भनिएको छ ।

धितोपत्र सूचीकरणनिवियमावली अनुसार सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कारोबार भएमा यस अघि समयमै जानकारी दिने गरेको र आगामी दिनमा पनि समयमा नै जानकारी दिने सीईओको प्रतिवद्धता छ । बैंकका अधिकारीहरुले नै मर्जरमा जान लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार लेखाएको श्रोतको दावी छ ।

सिभिल बैंक एक कमजोर कमर्सीयल बैंक हो भने हिमालयन बैंक एक सवल बैंकमा पर्छ । निकै कमजोर अवस्थामा रहेको सिभिल अर्कोसवल बैंकमा जाने हल्ला चलेपछि सेयर मूल्य भने आइतबार निकै बढेको थियो । अब भने सिभिलले मर्जरमा जाने प्रारम्भिक सहमति पनि नगरेको पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?