+
+

आकाश, सलोन र रेखाको ‘हिड्दा हिड्दै’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १७:०८

कोरोना कहरका कारण भएको लकडाउनका कारण करिब ६ महिनादेखि चलचित्रका सम्पूर्ण गतिविधी ठप्प छन् । चलचित्र सम्बन्धी कुनै कार्यक्रम पनि आयोजना भएका थिएनन् । तर, अब भने विस्तारै चलचित्रकर्मीहरु सक्रिय हुन थालेका छन् ।

लामो समयपछि आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिड्दा हिड्दै’ निर्माणको घोषणा गरिएको छ । दिल लामा, राजकुमार थिङ्ग र पारस गुरुङ प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दैछन् । चलचित्रमा सुशिल पंगेनी प्रस्तुतकर्ता तथा लेखकको रुपमा छन् ।

यूवायूवतीको प्रेम, विछोड र पीडाको कथामा यो चलचित्र बन्नेछ । चलचित्रमा नायक आकाश श्रेष्ठ, सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाहको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा विकास थापाले पनि काम गर्नेछन् ।
चलचित्रमा सुमनकुमार तन्डुकारको छायांकन, देव महर्जनको एक्सन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

सामाजिक पारिवारिक कथामा चलचित्र निर्माण हुने निर्देशक आलेमगरले जानकारी दिए । यस्तै, नायक आकाश श्रेष्ठले आफूले कथा मन परेकाले यो चलचित्रमा काम गरेको बताए । चलचित्रको छायांकन काठमाण्डौ र तराइका विभिन्न स्थानमा हुने बताइएको छ ।

 

तस्वीरः आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?